रुपन्देही, ०५ साउन ।रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली बस्तु बिदेश निकासी भएकोमा २०७९–०८० मा यो निकासी…