पाल्पा २६ पुस यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुईपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र सम्बन्धी सेवा सञ्चालन सोमबारबाट सुरु गरेको छ । लुम्बिनी प्रदेशको तराईका जिल्लामा मात्र सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र पहाडी जिल्ला पाल्पामा पहिलो पटक काम सुरु भएको हो ।लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले सवारीचालक परीक्षण केन्द्र, तानसेन नगरपालिका–७,…