तुलसीपुर २८ भदौ । बबईदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माण कार्यको अवधि सकिएको एक वर्ष पुगेको छ तर सडक निर्माणको १० प्रतिशत मात्रै उपलब्धि देखिएको छ।२०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। करिब २८ किलोमिटर रहेको यो सडकखण्डमा सहरी क्षेत्रमा चार लेन र अन्यत्र दुई…