दाङ १७ माघ ।लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले अबको एक हप्ताभित्र दाङबाट सबै मन्त्रालयका काम शुरु हुने दाबी गर्नुभएको छ । दाङको घोराहीमा एक कार्यक्रममा सहभागी भएका मन्त्री थारुले पत्रकारसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गर्नुभएको हो ।दाङको देउखुरीमा स्थायी राजधानी तोकिएपनि अहिले अस्थायी राजधानी रुपन्देहीको बुटलवबाट मन्त्रालयले काम गर्दै आएका…