बुटवल २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्…