पाल्पा १३ भदौ ।कोरोना भाइरस संक्रमण बढेसँगै पाल्पामा भदौ १९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसअघि भदौ ५ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजे सकिँदै थियो । जिल्ला प्रशासन कार्यालयमा जिल्ला संकट व्यवस्थापन समिति (सिसिएमसी) र सर्वपक्षीय बैठकले नषेधाज्ञा भदौ १९ गतेसम्मका लागि थपेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्यान्न किन्न बिहान ७ देखि…