दाङ ९ असार । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए ।जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ…