भैरहवा २७ भदौ । लकडाउन अन्य क्षेत्रमा खुकुलो भएपनि पर्यटन क्षेत्र बन्दाबन्दीकै अवस्थामा छ। पर्यटन व्यवसायीले व्यवसाय सञ्चालनका लागि अनुमति दिन माग गरेपनि सरकारले यसबारे निर्णय गरिसकेको छैन।यही बीचमा पर्यटन मन्त्री योगेश भट्टराई पश्चिम क्षेत्रकै पर्यटनमा प्रभाव राख्ने भैरहवास्थित गौतमबुद्ध विमानस्थलको अवलोकन, प्रगतिको अवस्था र लुम्बिनीको पर्यटनबारे बुझ्नका लागि रुपन्देही आएका छन्। शुक्रबार भैरहवा विमानस्थलको अवलोकनका…