कैलाली, ८ बैशाख । कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ । स्थापना गरिएको उक्त केन्द्रबाट सरोकारवालासँगै सर्वसाधारण सबैले आपत्कालीन सेवा, सूचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह…