डडेलधुरा, २८ जेठ । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर…