काठमाडौं, ६ भदौ । शहीद स्मारक लिग खेल्ने ३२ क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा भौतिक उपस्थितिमै गराउन माग गरेका छन् । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ३२ क्लबका प्रतिनिधिले कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, कार्यवहाक महासचिव अरुणमान जोशी र कोषाध्यक्ष रविन्द्र जोशीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग…