अन्तर्राष्ट्रिय

कपिलवस्तुका खेलाडी अभय महराको जोडीले दक्षिण एशिया पायो रजत पदक



कपिलवस्तु, ७ भदौ ।कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको छ । सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलबार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदकमा चित्त बुझाएको हो ।

ब्याडमिन्टन एशियाको आयोजना र नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा सम्पन्न ५ दिवसीय प्रतियोगितामा नेपाल सहित दक्षिण एशियाका ६ देशका खेलाडीबीच प्रतिष्पर्धा भएको थियो । फाईनल खेलमा अभय र कविरको जोडीलाई बङ्गलादेशका खेलाडीहरु रजोन मिया र एसएसएम सिफातुल्लाहको जोडीले २१–११ र २१–११ को सोझो सेटमा हराउँदा उनीहरु उपबिजेता बनेका हुन् । यसअघि सेमिफाइनलमा अभय र कविरको जोडीले माल्दिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधि माथलुबलाईको डबल्स जोडीलाई २१–९ र २१–७ को सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेका थिए ।

प्रतियोगिताका बिजेतालाई ब्याडमिन्टन एशियाका डेभलपमेन्ट चेयर वाजिद अलि चौधरी,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र ब्याडमिन्टन संघका कार्यवाहक अध्यक्ष रामजी बहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६