म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीका रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक/एक गोल गरे । जितसँगै सिटीको ३२ खेलमा ७७ अंक भएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा १ अंकले अघि छ ।…