काठमाण्डाै १९ चैत – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आज शनिवार मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो । राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विके गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले…