पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ ।कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए ।…