काठमाण्डौ, १३ पुष । एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधिका लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् । बङ्गलादेशको ढाकामा नेपाल र उज्बेकिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालको महिला टोली प्रतियोगिताको साविक विजेता हो । ६ देश सहभागी प्रतियोगितामा नेपाली महिला भलिबल टोली अपराजित छ । नेपाली महिला टोली शीर्ष स्थानमा…