काठमाण्डौ १५ पुष । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ ।प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौ र भक्तपुरबीच प्रतिष्पर्धा हुनेछ…