भैरहवा २४ साउन । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।रुपन्देहीको लुम्बिनी सांस्कृतीक नगरपालिका वडा…