पर्यटन

गर्मीबढेपछि बाँके राष्ट्रिय निकुञ्जमा जनावरलाई पानीको जोहो



बाँके, २४ जेठ । देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा संरक्षण कार्यक्रम संचालन गरेपछि वन्यजन्तु बृद्धि भएका छन् । सन् २००० देखि थालिएको वन र वन्यजन्तु संरक्षण अभियानले सार्थक परिणाम हासिल गर्न गरेको निकुञ्जका प्रमुख श्यामकुमार शाह बताउँछन् । बाँके निकुञ्ज, राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा संरक्षण अभियान संचालनमा छ ।


वन र वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ सरकारी तथा स्थानीय तहसंगको साझेदारीमा तराई भु–परिधि कार्यक्रम लागू गरिएको छ । संरक्षण अभियानमा तालले सोझै कार्यक्रम संचालन नगरी बाँके निकुञ्ज र स्थानीय सरोकारवाला निकाय तथा स्थानीय तहसंग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ ।


नेपाल सरकारले नै हालसम्म वन वन्यजन्तु संरक्षणको कार्ययोजना बनाएर लागू गरेको कार्यक्रमलाई तालले हातेमालो गर्दै आएको हो । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसेमैदान निर्माण, पोखरी निर्माण तथा व्यवस्थापन र पानी नभएका ठाउँमा सोलार जडान गरी पानी निकाल्ने गरिएको शाहले बताए । नियमित बजेटले अप्रत्यासित कामका लागि सम्बोधन गर्न नसकेको अवस्थामा तालले गरेको साझेदारीले संरक्षण अभियान संचालन गर्दा आकस्मिक गर्नुपर्ने काममा तालको कार्यक्रम र बजेट महत्वपूर्ण हुने बाँके निकुञ्जले जनाएको छ ।


२०६७ सालमा स्थापना भएको बाँके निकुञ्ज बाघ संरक्षणको मूख्य लक्ष्य रहेको छ । बाघका लागि आहाराजन्य वन्यजन्तुको संरक्षण गरी बाघको संख्यामा वृद्धि गर्नु बाँके निकुञ्जका लागि चुनौती छ । तर, घाँसे मैदान निर्माण, पोखरी निर्माण र पानी नहुने सुख्खा ठाउँमा सोलार जडान गरी पानीको व्यवस्थापनमा तराई भू परिधि कार्यक्रमले सहयोग गरेको तालका सहजकर्ता तिलकराम चौधरीले जानकारी दिए ।


बाँके निकुञ्ज, निकुञ्ज बाहेकको राष्ट्रिय वन, सामुदायिक वन क्षेत्रहरुमा यसरी वन र वन्यजन्तुको संरक्षण अभियान सार्थक देखिएको हो । बाँके निकुञ्जमा सन् २०१३ मा ४ वटा बाघ रहेकोमा चौका, चित्तल, निलगाई, चराचुंगी वृद्धि हुँदा हाल बाघको संख्या २५ पुगेको छ । यता, कम्दी करिडोर क्षेत्रमा निर्माण गरिएको पानी पोखरीले वन्यजन्तु गाउँमा जानबाट रोकिएको स्थानीयको भनाई छ ।


यसरी प्रकृति र वन्यजन्तुको संरक्षणले सहअस्तित्व कायम गर्दै संरक्षण अभियानका कारण पर्यापर्यटनको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६