म्याग्दी, ११ जेठः धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्रको दिगो पर्यटन प्रवद्र्धन, पर्यावरण संरक्षण र बृहत्तर पूर्वाधार विकासका लागि ‘जलजला घोषणापत्र–२०८३’ जारी भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलामा सोमबार सम्पन्न अन्तरक्रियामा प्राकृतिक, वातावरणीय र ऐतिहासिक दृष्टिकोणले अनुपम, एवं ढोरपाटन सिकार आरक्षसँग जोडिएको जलजलाको एकीकृत विकास र…