बुटवल, १७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्। नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले…