अर्थ-वाणिज्य

चर्चित गायक प्रकाश दुतराजसँगै रमाउन पाइनेछ आजको महोत्सबमा

मञ्जु भट्टराई, दीपक गरौजा र जिया भुसाल पनि आजै आउने



कपिलवस्तु २८ मंसिर । १४ औ कपिलवस्तु महोत्सवको आज ८ औ दिन चर्चित गायक प्रकाश दुतराजसँगै रमाउन पाइनेछ मञ्जु भट्टराई, दीपक गरौजा र जिया भुसाल पनि आजै आउने छन। बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको आठौं दिन अहिलेका चर्चित गायक प्रकाश दुतराज लगायतका कलाकारहरुले दर्शकहरुलाई बेजोड नचाउने भएका छन । दुतराज हालका युवामाझ लोकप्रिय चर्चित गायक हुन् ।

बिहीबार महोत्सवमा चर्चित गायक दुतराजसँगै मञ्जु भट्टराई, दीपक गरौजा, जिया भुसाल ९बाल कलाकार० लगायतको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ७ मा परेका प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।

महोत्सवको सातौ दिन दिन अर्थात बुधबार ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप दिएकोमा धन्यवाद थिए ।

यस्तै महोत्सवमा बुधबार बहु चर्चित गायक प्रमोद खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रंगशाला तातेसँगै दर्शकहरु झुमेका थिए । केही दिनदेखि साँझ पखको चिसो मौसममा बुद्ध रंगशाला थप तातिदै गएको छ । महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र रमेश थारु बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।

प्रकाशित : २८ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६