लुम्बिनी, २५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौ जना पदाधिकारी नियुक्त गर्नुभएको छ । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । नवनियुक्त पदाधिकारीहरूलाई आज बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गर्नुभएको छ…