भैरहवा १५ चैत्र । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवाकालागि उडान भर्न सार्क मुलुकहरु बढी उत्साहीत देखिएका छन् । जसका आधारमा ःधार्मिक पर्यटन फस्टाउने संकेत देखिएको छ । बौद्धधर्म मान्ने देशहरुबाट उक्त विमानस्थलमा सिधा उडान गर्ने चासो बढेसँगै लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने व्यवसायीहरुले जनाएका छन् ।हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र…