बर्दिया ४ फागुन । वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् ।पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका हुन् । कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउनु…