पर्यटन

सामाजिक रुपान्तरणमा प्रदेश कै मेरुदण्ड बन्यो सिद्धार्थ :सांसद पन्थी



कपिलवस्तु १२ असोज ।सिद्धार्थ सामाजिक विकास केन्द्र ओजनदार   बन्दै गएको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरमा रहेको संस्थाले विश्वास आर्जन गर्दै गएको बताउनु भयो ।  सिद्धार्थ सामाजिक विकास केन्द्रको वार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो । उहाले सबैभन्दा धेरै जनप्रतिनिधी तथा सांसदहरु आलोचित हुनेगरेको भन्दै कहिलेकाही एउटाको गल्तीले सबैजनाको विरोध हुनेगरेको बताउनुभयो । त्यस्ता आलोचना तथा विरोधलाई चिर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने पन्थीको भनाई छ ।

सामाजिक परिक्षणले संस्थाले गरेका हरेक कार्यक्रम, आयब्य तथा खर्च, प्रगतीको बारे जानकारी गराउने गराउनी भएकाले यसले पारदर्शीता ल्याउनुले बताउनुभयो । कोरोना महामारी, बाढी पहिरो लगायतका समयमा संस्थाले  गरेको काम प्रशंसनीय रहेकोपनि सांसद पन्थीको भनाई छ । तिनै तहका सरकारले यस्ता संस्थासंग सहकार्य गरेर अगाडी बढ्न सक्ने वातावरण बनेको पन्थीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै  जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले संस्थाले  शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा उल्लेख्यि काम गरेको प्रष्ट पार्नुभयो ।

अहिलेको प्रमुख आवश्यक्ता शिक्षा भएकाले शिक्षाविना बिकासको कल्पना गर्न नसकिने उहाँको भनाई छ । संस्थाले  शिक्षाको क्षेत्रमा आगामी दिनमा राम्रो  काम गर्नेमा आफु विस्वस्त रहेको चौधरीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख चक्रपाणी  अर्यालले अहिले पनि पुरानै विधिबाट काम तथा कार्यक्रम हुनेगरेको भन्दै काम गर्ने विधीमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिनुभयो । उही बजेट, उहि निती तथा कार्यक्रम हुने गरेकाले काम गर्ने विधिमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले संस्थाको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बजेट पनि सार्वजनिकीकारण भएको थियो । प्रतिवेदनमा संस्थाले गरेका कार्यक्रम, यसले समाजमा पारेको प्रभाव लगाएत उल्लेख थिए । कार्यक्रममा संस्थाका  पूर्व अध्यक्ष पोम नारायण पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हुमनाथ पौडेल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वुद्धदर्पण दैनिकका सम्पादक  पार्वती पाण्डे लगायतले बोल्दै संस्थाले  गरेको काम प्रंससनिय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । 

यस्तै दुर्गेश कुमार चौथरी, उमा थारु, सन्जु थारु र तेज बहादुर आचार्यले सिद्धार्थले संचालन गरेका विभिन्न कार्यक्रमबाट आफुमा आएको सकरात्मक परिवर्तन तथा आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाले  लुम्बिनी प्रदेशभरीनै विभिन्न सामाजिक काम गर्दै आएको बताउनुभयो ।

उहाँले कोभिड महामारीको समयमा पनि संस्थाले फ्रन्टलाईनमा काम गर्नेलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोभिड प्रभावित अतिविपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको बताउनुभयो । विभिन्न संघसंस्थाका प्रतिनिधी तथा पदाधीकारी उपस्थित कार्यक्रममा संस्थाका उपाध्यक्ष सुर्यकुमारी शाहिको स्वागत र   सचिव रोमकान्त घिमिरेले सञ्चालन रहेको थियो । 

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६