बाणगंगा १२ माघ कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित जीप चुनाव चिन्ह लिएर मैदानमा होमिएका शर्माले शनिबार बाणगंगाको बैरिया स्थित मायादेवी रिसोर्टमा युवाहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कपिलवस्तुको विकासमा युवाको भूमिका निर्णायक…