पाटन (ललितपुर), २१ चैत नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै…