काठमाडौँ, १३ कात्तिक प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको…