काठमाडौँ, २९ पुस नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उहाँले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताउनुभयो । “नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो”, उहाँले भन्नुभयो । महामन्त्री…