कपिलवस्तु १९साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का वडाध्यक्षले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा वडाध्यक्ष रोमबहादुर थापा आफै वृद्धभत्ता वितरण गर्न पुगेका हुन् ।बुधबार वडाभित्रका १६ जना असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेको वडाध्यक्ष थापाले बताए । उनीहरुको सहजताका लागी वडाले…