समाचार

पूर्व सांसद तथा सामाजिक व्याक्तित्व ज्ञवालीको निधन



कपिलवस्तु, ६ फागुन ।  बाणगंगा न.पा.–२ बाणगंगा कपिलवस्तुका स्थायी वासिन्दा गुल्मी तत्कालीन क्षेत्र नं. २ बाट निर्वाचित पूर्व सांसद भागवत ज्ञवालीको मंगलबार निधन भएको छ । अल्का अस्पताल काठमाडौमा उपचारको क्रममा आज विहान ४ः०० बजे उहाँको निधन भएको हो ।

        पारिवारिक स्रोतका अनुसार करिब १५–२० दिनदेखि ज्ञवालीको उपचार भइरहेको थियो । दिल्लीको मेदान्त हस्पिटलमा उपचारपछि ज्ञवालीलाई काठमाडौं ल्याइको थियो । कपिलवस्तु जिल्लामा ज्ञवाली विकास प्रेमी नेताको रुपमा चिनिनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका योद्धा ज्ञवाली लामो समय सम्म राजनीतिमा सक्रिय रहनु भएको थियो ।गुल्मी जिल्लाका पूर्व सभापति समेत रहुन भएका ज्ञवालीको आज १२ बजे नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने र दिउँसो पशुपतिको आर्यघाटमा आजै दाह संस्कार गरिने छ । ज्ञवालीको निधनप्रति कपिलवस्तु कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले एक शोक विज्ञप्ती जारी गरी निधनले पाटीलाई ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । ज्ञवालीका श्रीमती, २ छोरा र ३ छोरी रहेका छन् । 

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६