समाचार

महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार


कपिलवस्तु ६ फाल्गुन । महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न भएको छ । कृषि उद्योग रोजगार र पुर्वाधार, सुशासन र विकास महाराजंगजको आधार भन्ने मुल नारा सहित छैठौ नगर सभा सम्पन्न भएको छ ।महाराजगंज नगरपालिकाको छैठौं नगर सभाले शिक्षा ऐन पारित गरेको छ । साथै उक्त नगरसभाले आर्थिक ऐन र विनियोजन विद्येयश संशोधन गरेको छ । नगरपालिकाले नगरको समृद्धीको लागि विशेष योजनाका साथ काम गरिरहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।नगर सभामा नगर नगर सभाअध्यक्ष तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँका अनुसार सडक, शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ नगरपालिका आगाडी बढेको छ ।महाराजगंज नगरपालिकाको चालू आ व को प्रगती विवरण प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले प्रस्तुत गर्नु भएको थियो ।स्थानीय सरकारका कामहरु प्रभावकारी वनाउन सवै जनप्रतीनिधी जोडिएकाले पारदर्शी भएर काम गर्नु पर्ने खरेलले वताउनुभयो । 

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे