अर्घाखाँची ७ फागुन । टुकीको भरमा जिवीका चलाउँदै आएका सितगंगा नगरपालिका वडा नं. ७ जलुके लामातालका स्थानीयहरु हर्षित भएका छन् । लामातालका ६५ घरपरिवार बिजुली बाल्न पादा लाभान्वीत भएका हुन् ।“औलाले थिचेर विजुली बाल्न पाउला भनेर सोचेको पनि थिइन ।” लामातालकै ७९ बर्षिय चेत बहादुर थापाले भने “सधै दियालो र टुकीमै रात बिताउनु पथ्र्यो । अहिलेत रात पनि दिन जस्तै उज्यालो भयो । अबत हामी पनि उज्यालोमा बस्न पाउने भयौ । ”वडाको पहलमा धेरै प्रयत्न गरेर विद्युत बत्ती बलेको वडा अध्यक्ष मोहन पन्थीले बताए । चुनावी एजेण्डामा बोलेका कुरा पुरा गर्दै जनताको हितका लागी लागिरहेको बताए ।जनजातीहरुको ९० प्रतिशत भन्दा बढी बाहुल्यता रहेको लामातालबासीहरु विद्युतबाट बन्चित भएका थिए । उनीहरुले अध्यारो मुक्ती पाएका छन । कार्यक्रममा स्थानीय भिमार्जुन पुलामी, बिना आले, गोमा थापा, तरुण दलका सितगंगा नगर अध्यक्ष बिमल गरौंजा, वडा सदस्य जोखबहादुर सारु लगाएतले मन्तव्य राख्दै उज्यालोमा बस्न पाउँने भन्दै खुसी भए ।
७ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया