प्रदेश

बिजुली बाल्न पाउदा लामाताल बासी हर्षित



अर्घाखाँची ७ फागुन । टुकीको भरमा जिवीका चलाउँदै आएका सितगंगा नगरपालिका वडा नं. ७  जलुके लामातालका स्थानीयहरु हर्षित  भएका छन् । लामातालका ६५ घरपरिवार बिजुली बाल्न पादा लाभान्वीत भएका हुन् ।“औलाले थिचेर विजुली बाल्न पाउला भनेर सोचेको  पनि थिइन ।” लामातालकै ७९ बर्षिय चेत बहादुर थापाले भने “सधै दियालो र टुकीमै रात बिताउनु पथ्र्यो । अहिलेत रात पनि दिन जस्तै उज्यालो भयो ।  अबत हामी पनि उज्यालोमा बस्न पाउने भयौ । ”वडाको पहलमा धेरै प्रयत्न गरेर विद्युत बत्ती बलेको वडा अध्यक्ष मोहन पन्थीले बताए । चुनावी एजेण्डामा बोलेका कुरा पुरा गर्दै जनताको हितका लागी लागिरहेको बताए ।जनजातीहरुको ९० प्रतिशत भन्दा बढी बाहुल्यता रहेको लामातालबासीहरु  विद्युतबाट  बन्चित भएका थिए ।  उनीहरुले अध्यारो मुक्ती पाएका छन ।  कार्यक्रममा स्थानीय भिमार्जुन पुलामी, बिना आले, गोमा थापा, तरुण दलका सितगंगा नगर अध्यक्ष बिमल गरौंजा, वडा सदस्य जोखबहादुर सारु लगाएतले मन्तव्य राख्दै उज्यालोमा बस्न पाउँने भन्दै खुसी भए ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६