समाचार

खानेपानी ओभरहेड निर्माणको शिलान्यास



कपिलवस्तु ७ माघ । सुरक्षीत खानेपानी स्वस्थ्य जिन्दगानी श्लोगन सहित कपिलवस्तु यशोधरा गाउपालिका वडा नं १ मा तितिर्खी खानेपानी आयोजनाको ओभरहेड पानी पोखरी निर्माण कार्यको शिलान्यास गरिएको छ ।  प्रमुख अतिथी कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ताले आयोजनाको ओभरहेड पानीपोखरी  निर्माण को शिलान्यास गरेका हुन । स्वच्छ खानेपानी खान पाउने सवै जनताको अधिकार रहेको उहाले बताउनु भएको छ । यस क्षेत्रमा अरु पनि थप कार्यक्रम तथा आयोजनाहरु निर्माण गरिने गुप्तले जानकारी गराएका छन ।यस्तै गरी प्रदेश सरकार को बजेटमा खानेपानी ओभरहेड टंकी यस क्षेत्रमा निर्माण हुन लागेको विशिष्ट अतिथी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवले बताएका छन ।                                     खानपानी ओभरहेड टंकी निर्माण ले यस क्षेत्रका सवै बासिन्दाहरुले स्वच्छ खानेपानी पिउन पाउने  श्रीवास्तवले बताए । यस खानेपानी ओभरहेड निर्माणले १२ गाउ का करिव १ हजार घरधुरी हरुले सेवा पाउने तितीर्खी खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष शिव दायल तिवारी ले बताएका छन । करिव १५ किलो मिटर पाइप लाईन विछाइने  तिवारी ले जानकारी दिएका छन । यस्तै गरी ओभरहेड निर्माणको लागी ११ करोड १५ लाख जती स्टिमेट गरिएको खानेपानी तथा सरसफाइ डिभिजनका कपिलवस्तु प्रमुख तिलक न्योपाने ले बताएका छ । निर्माणको लागी १ प्रतिशत लगानी उपोभोत्ता समितीले व्योर्हने को साथै २० प्रतिशत श्रमदान रहने न्यौपाने ले बताएका छन । यस बर्ष ९७ लाख बराबरको निर्माण कार्य हुने थप निर्माण कार्य अगामी आर्थिक बर्ष सम्म सम्पन्न भैसक्ने न्यौपानेले जानकारी गराएका छन ।                      हरिओम यादवको संचालन स्वागत मन्तव्य समितीका सदस्य अव्दुल करिम मुसलमान तथा अतिथी लाई लाई फुलमाला ले स्वागत प्रमोद मिश्रा ले गरेका थिए ।कार्यक्रममा युवा नेता दिपक पाण्डे वडा अध्यक्ष ,समाजसेवी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६