प्रदेश

एमसिसी खारेजीकालागि नेता पोख्रेलको देश दौडाह



कपिलवस्तु ८ फागुन अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) का विरुद्ध जागरण फैलाउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लिलामणी देश दौडाहमा लाग्नु भएको छ । सोही क्रममा बुधवार बाणगंगाको जीतपुरमा बुद्धीजिबी समाज सेवि र नेकपाका नेता कार्यकर्ता बीच एमसीसी संझौता खारेज हुनु पर्ने बताउनुभएको छ । यो एक करार संझौता हो तर यसलाई किन अन्तराष्ट्रिय कानुन सरहको मान्यता चाहियो भन्दै संसदबाट दुई तिहाई बहुमतले अनुमोदन गरिसकेपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने भनिएको यो परियोजना गम्भिर डिजाइनमा ल्याइएको तर्क गर्नुभयो ।

हाम्रो जस्तो विकासउन्मुख देशमा कसैले सहयोग दिन्छ भने स्विकार गर्नु स्वभाविक मानिए पनि यो राष्ट्रको स्वाधिनता विरोधीछ एमसीसीबारे प्राप्त दस्तावेज  पढ्दै उहाँले भन्नुभयो, यो कांग्रेस सरकारकापालमा संझौता भएकाले देशभक्त कम्युनिष्ट सरकारले खारेज गरेर स्वाधिनताको रक्षा गर्नु पर्छ । विभिन्न ठाउमा आफूले यस्तै भेटघाट गरेर एमसीसीवारे वताउदै आएको उहाले प्रष्टाउनु भयो । एमसीसीबारे विवाद बढ्दै जादा सरकारले संकल्प प्रस्ताव पारित  गरेर भएपनि संसदबाट पास गर्ने बताउँदै आएको छ । तर, नेता पोख्रेलले एमसीसी कसरी, कुन कारणले ल्याइएको हो, त्यसको मर्म बुझ्नुपर्नेमा जोड दिनुभयो ।

झटट देख्दा विद्युत र सडकमा लगानी गर्ने भनिएपनि सारमा त्यो देखाउनका लागि अगाडी सारिएको औल्याउनुभयो । ‘नेपालको कानुनसंग बाझिए त्यो मान्य नहुने, लेखा परिक्षण नेपालले गर्न नपाउने, दुई तिहाई बहुमतले संसदबाट पारित गर्नुपर्ने जस्ता राष्ट्रकै अपमान हुने प्रावधान एमसीसीमा किन राखियो ? उहाँले भन्नुभयो, “यो करार सम्झौतामा आधारित परियोजना हो । कुनै सन्धि होइन , संसदबाट दुई तिहाईले अनुमोदन गर्नुपर्ने कुनै कारण छैन् ।”

       विगत देखि नै एमसीसीबारे विरोध गर्दै आउनुभएका नेता पोख्रेलले केही बुँदा संशोधन गरेर भएपनि एमसीसी पारित गर्नुपर्ने धारणा आउन थालेको प्रति आपत्ति प्रकट गर्नु भयो । एमसीसी इण्डो प्यासेफिकको एक अंग भएको अमेरीकी दस्तावेजले प्रष्ट बोल्ने भन्दै एमसीसी संशोधन गर्नुपर्ने कारण नै नरहेको बताउनुभयो । एमसीसीसंग इण्डो प्यासेफिक रणनिती जोडिएको भन्दै यो परियोजना लागु भए देशले गम्भिर मूल्य चुकाउनुपर्ने बताउनुभयो । 

नेकपाका नेताहरु बीच एमसीसीबारे विवाद भैरहेको बेला अरुको विरासत बोक्ने काम पार्टीले गर्न नुहने धारणा राख्नुभयो । नेपालसंगै एमसीसीमा सम्झौता गर्ने श्रीलङ्का यो सम्झौता नमान्ने पक्षमा पुगेको छ । त्यहाको सदनले अस्वीकार गरेको उहाले प्रष्टाउनु भयो । हामी किन पक्षपाति हुने ? उहाँले राष्ट्रलाई हानी हुने यो सम्झौता खारेज गर्ने पर्ने ठोकुवा गर्नु भयो । नेकपाले एमसीसीमाथि अध्ययन गर्न तीन सदस्यिय कार्यदल बनाएको भन्दै यसले सही कुरा बाहिर ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

      भेटघाट कार्यक्रममा नेकपाका  नेता मेघनाथ ज्ञवाली, कमल चुँदाली, रुद्रलाल बन्जाडे ,सुकई थारु इन्द्रमणी पौडेल, विष्णु बेल्वासे,  युवा नेता कमल भट्टराई लगायतको एमसीसीसंग जोडिएको विभिन्न प्रश्न पोख्रल समक्ष राख्नु भएको थियो थियो ।प्रधानमन्त्री केपि ओलीले यो संझौता खारेज गर्ने दिन छिटटै आउने छ भन्ने अपेक्षा समेत प्रकट गर्नु भयो। 


प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६