कर्णाली

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ



जुम्ला, ६ कात्तिक

जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताउनुभयो । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने कार्यलाई प्राथमिकता परेको वडाध्यक्ष बस्नेतको भनाइ छ । बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यतिबेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ । यतिबेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । –––

प्रकाशित : ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६