समाचार

छैठौ नगरसभा : ११ ऐन र कार्यविधी पारित



कपिलवस्तु ८ फागुन कपिलवस्तुको वाणगंगा नगरपालीकाले नदिजन्य पदार्थको व्यवस्थापन ऐन देखि लिएर करिव १ दर्जन ऐन, कानुन, कार्यविधि र निर्देशिकाहरु परित गरेको छ । नगरको बुधवार  सम्पन्न छैठौ नगर सभाले ऐन तथा कार्यविधिहरु परित गरेको हो । नगर सभा पछि आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराउदै नगरका उप प्रमुख चक्रपाणी अर्यालले वाणगगा नगपालिकाको छौठौ नगर सभाबाट प्रदेशको राजधानी र नामाकरणका लागि प्रदेश सरकार समक्ष माग राखेको वताउनु भयो ।


    प्रदेशको राजधानिका लागि कपिलवस्तु नै उपर्युक्त भएको पुष्टि गर्दै प्रदेश सरकार समक्ष राजधानिको माग राख्ने निर्णय गरेको आयोजीत पत्रकार सम्मेलनमा वताउनु भयो । छैठौ नगर सभाले सबै वडाका फरक फरक कार्यवित्रि निर्माण गरेको छ । त्यस्तै प्राकृति स्रोत साधनलाई सरक्षण गर्न सार्वजनिक पास गर्नुका साथै वातावरण तथा प्राकृति सरक्षण ऐन २०७६, अटो रिक्सा व्यवस्थापन  कार्यविधि, अपांगता परिचय पत्र कार्यवित्रि, जेष्ठ नागरिक निर्देशिका, सार्वजनिक खरिद नियमावली कार्यविधि लगाएतका ऐन कानुन र कार्यवधि पारित गरेको छ ।

    यस्तै नगर प्रमुखको अभिभावकत्व बालवालिकाको पोषणमा अपनत्व स्वास्थ्य सम्बन्धी नियमावलीपनिपारित गरेको छ । यस्तै नगरसभाले कोरोना भाईरसबाट ज्यान गुमाएका चिनीया नागरिकहरुप्रति समाबेदना प्रकट गरेको छ । नगर सभा नगरका प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा नगर कार्यपालीकाका पदाधिकारी, वडा अध्यक्ष लगाएतको सहभागीता रहेको थियो । 

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६