समाचार

व्यवस्थापन समितीको निर्वाचन सम्पन्न



 कपिलवस्तु ९फागुन ।  कपिलवस्तु नगरपालिका वडा नं ४ मा रहेको श्री कृर्ति आधारभुत विद्यालय महुवा स्कुलको विद्यालय व्यवस्थापन समिती सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा विजय हुने सदस्यहरुमा राजेश चौधरी ३६ भोट अलताफ हुसेन ३७ भोट अनिता पासी ३२ भोट र ज्ञानमती पासी ३४ भोट ल्याएर यिनीहरुको प्यानल नै विजय भएका छन । ५१ जना अभिभावक मतदाता रहेको व्यवस्थापनको निर्वाचनमा ८ जनाको उम्मेदवारी परेको थियो जसमा ४ पुरुष र ४ महिलाले उम्मेदवारी दिएका थिए । अभिभावक भेला बाट सर्वसहमति हुन नसके पछि निर्वाचन बाट ४ जना सदस्य जसमा २ जना महिला र २ जना पुरुष निर्वाचित भएका निर्वाचन मण्डलका अधिकृत चोपलाल बेलवासेले बताएका छन । निर्वाचन विहान १० बजे शरु भएर १ बजे सम्म मा नतिजा पनि प्रकाशन गरिएको तथा निर्वाचन शान्त माहोलमा सम्पन्न भएको बेलवासेले बताएका छन । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६