प्रदेश

किशोरीलाई विधालयमा प्राथमिकता



 अर्घाखाँची ९ फाल्गुन । महिनावारी भएको समयमा छात्राहरुले कक्षा छाड्न नपरोस भन्ने उदेश्यका साथ सन्धिखर्क नगरपालिकाले विद्यालयहरुमा स्यानेटरी प्याड वितरण शुरु गरेको छ । नगरपालिका भित्रका कक्षा ६ देखि मार्थीका छात्राहरुलाई महिनावारी भएको समयमा घरमा बस्न नपरोस विद्यालयमै आएर सहज तरिकाबाट अध्यन गर्न सकुन भन्ने उदेश्यले विद्यालयमा प्याड वितरण शुरु गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । बिहीबार सन्धिखर्क १ को  युवा बर्ष रवि चित्र जनता मावि हटारी नेटा र वडा नमवर ७ को चन्द्र प्रभा माध्यमिक विद्यालय र सन्धिखर्क ९ को अर्घा रजस्थल माध्यमिक विद्यालयमा स्यानेटरी प्याड वितरण गरेको सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिकले  बताउनुभयो । नगर पालिका भित्रका  सबै सामुदायिक विद्यालयमा स्यानेटरी प्याड बितरणको कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनु भयो । ६ देखि १० सम्म अधयनरत २६ सय २५ छात्रालाई बितरण शुरु गरिएको हो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बिक, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली , सन्धिखर्क ७ कावडा अध्यक्ष प्रितम थापा लगायतको टोलीले स्यानेटरी प्याड वितरण गरेको हो । 

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६