समाचार

सन्चार क्षेत्रमा महिलाहरुको भुमिका ?



नेपालगन्ज ११ फागुन ।  बाँके र बर्दियाका किशोरीहरुले नेपाली सन्चार क्षेत्रमा महिलाहरुको भुमिका बारे पनि सशक्त रुपमा समाचार आउनु पर्नेमा जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपालले किशोरीहरुसंग गरेको कार्यशालामा यस्तो कुरा बताएका हुन् । प्लान ईन्टरनेशनल नेपालले यहि मार्चमा हुन लागेको बेजिङ घोषणा तथा  कार्यमन्चको २५ औं बार्षिकोत्सवमा नेपालबाट पनि आफनो सुझाव प्रस्तुत गरिने हुदाँ प्लान ईन्टरनेशल नेपालले सुझाव संकलन गरिरहको छ । विशेष गरि नेपाली सन्चार क्षेत्रमा कसरी लैगिंक समानता ल्याउन सकिन्छ रु लैगिंक विभेदको अन्त्य कसरी गर्न सकिन्छ रु भन्ने बारे किशोरीहरुकोे अनुभव र सुझाव समेटी रहेको छ ।  

                  बाकेमा भएको सो छलफलमा खजुरा गाउँपालिकाबाट सहभागी भएका किशोरी मन्जु थापा मगरले नेपाली सन्चार क्षेत्रमा केवल महिलाहरुलाई निर्वल, घरायसी कार्यमा मात्रै देखाउने गरेको गुनासो गरिन् । त्यसैगरि अर्का सहभागी चेतना केसीले अझै पनि सन्चार जगतमा पितृ सत्तात्मक सोचको रहेकोले पुरुषहरुको बढी समाचार आउने  र महिलाहरु र अल्पसंख्यकहरुको समाचार  त्यति बाहिर नआउने गरेको बताईन् ।त्यसै गरि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा भएको सो कार्यशालामा सहभागी अन्जु चौधरीले नेपाली सन्चारमा लैगिक विभेद भएको बताईन् ।  त्यसै गरि अर्का सहभागी हसिना खानले स्थानीय स्तरका वास्तविक समाचार नेपाली सन्चारमा ठाउँ नपाउँदा दुःख ब्यक्त गरिन् । किशोरीहरुले आफनो जिवनको २५ बर्षको सपना पनि लेखेका थिए । सो कार्यशालामा प्लान ईन्टरनेशनल नेपालका परियोजना संयोजक निभा शाक्य, लैगिक विशेषज्ञ ईन्दिरा थापा, सन्चार विज्ञ सिर्जना बर्जाचार्य र स्पोन्सरसिप सन्चार संयोजक जिनाथ पराजुलीले सहजीकरण गर्नुभएको थियो । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६