समाचार

निजी विद्यालयका २० मन्टेश्वरि शिक्षकहरुलाई तालिम



कपिलवस्तु ११ फागुन ।  निजी तथा अवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) वाणगंगा नगरकमिटिको आयोजनामा एक दिने मन्टेश्वरि शिक्षक तालिम सम्पन्न भएको छ । सनराईज रिसोर्ट वाणगंगा ७ बनगाईमा आयोजित कार्यक्रममा वाणगंगाका २० वटा निजी विद्यालयका मन्टेश्वरि शिक्षकहरुलाई तालिम दिईएको थियो । सबै निजी तथा आवासिय विद्यालयहरु एक हुनुपर्छ भन्ने नाराका साथ सञ्चालन गरिएको तालिममा क्रियटिभ रिडर्स पब्लिकेशन प्रा.लि. र ग्रिन बुक्स पब्लिकेशन प्रा.लि.को सहयोग रहेको थियो । प्याब्सन केन्द्रिय सदस्य सरोज खनालले सामुदायिक विद्यालयहरुले शुल्क लिएर अंग्रेजी माध्यम शुरु गर्दा सरकारले त्यस तर्फ ध्यान नदिने तर निजी विद्यालयले न्युनतम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दा पनि मुल्यांकन नगरेको गुनासो गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले निजी विद्यालयका शिक्षामा बलियो हुन जरुरि रहेको बताउदै शिक्षकहरु सबैले आफुलाई मुल्याकंन गरेर मात्रै वालवालिकाहरुलाई अध्यापन गराउन आवश्यक रहेको बताए । केन्द्रिय सदस्य खनालले मन्टेश्वरिको नाममा सामुदायिक विद्यालयले शुल्क लिने परिपाटिको अन्त्य गर्नुपर्ने बताए ।

                     विशिष्ठ अतिथि वाणगंगा नगरका शिक्षा प्रमुख एवम् उप–सचिव बाबुराम भट्राईले नगरले श्रोत र साधनको प्रयोग गरि सम्पुर्ण विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताए ।त्यस्तै प्याब्सनका केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्र देव खनालले २१ औँ शताब्दिको यो अवस्थामा आधुनिक शैक्षिक प्रणालिको विकास गरी वालवालिकाहरुको भविष्य उज्जवल बनाउनुपर्ने बताए । उनले अभिभावकको अपेक्षा अनुसार वालवालिका मैत्री वातावरणमा तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन गराउनुपर्नेमा जोड दिए ।तालिममा स्मार्ट माईण्डसका सरिता खड्का र मारिया मन्टेश्वरीका मधु प्रबसाद अर्यालले प्रशिक्षण दिदै वालवालिकाहरुको मनोभावना बुझि उनिहरुका प्रतिभा उजागर गर्दै मनोरञ्जनात्मक शिक्षा प्रदान गर्नुपर्ने बताए ।प्याब्सन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डेको संयोजकत्व, नगर कमिटिी अध्यक्ष राजु अधिकारीको अध्यक्षता, प्रदेश ५ कोषाध्यक्ष केशव सापकोटा, जिल्ला अध्यक्ष शिव गैरे, जिल्ला सल्लाहकार वासुदेव घिमिरे, नगर सल्लाहकार रोमाकान्त घिमिरे, लगायतको आतिथ्यता रहेको कार्यक्रममा ५० भन्दा बढि निजी विद्यालयका  मन्टेश्वरि शिक्षकहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६