समाचार

मानवअधिकार समुहद्धारा बार्षिक कार्ययोजना निर्माण तथा समस्या पहिचान



कपिलवस्तु ११ फाल्गुन ।  इन्सेक सगं आवद्ध मानवअधिकार समुह बुद्धभुमिले आर्थिक वर्ष ०७६।०७७का लागी बार्षीक कार्ययोजना निमार्ण तथा समस्या पहिचान एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्बेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत बुद्धभुमि नगर पालिमामा शिक्षा ,स्वास्थ्य ,खाध्य र आवासको अधिकारको सवालमा रहेका समस्या पहिचान तथा सरकोकारवाला पहिचान र बार्षीक कार्ययोजना निमार्ण बैठक ०७६फागुन १० गते सम्पन्न गरेको हो  । मानवअधिकार समुहको बैठकले बुद्धभुमि नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धी सवालमा राज्यले आधारभुत तह निशुल्क र अनिवार्य र माध्यमिक शिक्षा निशुल्क भनिएकोमा सरकारी विद्यालयहरुले विभिन्न नाममा शुल्क लिने गरेको , मातृ भाषामा पढनपाठन गर्न पाउने भएपनि थारु ,मधेशी , जनजातीहरुका बालबालिकाका लागी आफ्नो मातृ भाषामा पढन नपाएको , विद्यालयमा विधार्थीको अनुपातमा  शिक्षक दरबन्दी नहुनु लगाएतका समस्या पहिचान भएका छन भने स्वास्थ्य तर्फ स्वच्छ खाने पानीको अभाव , खुलादिशामुक्त घोषणा भएपनि सार्वजनिक स्थलहरुमा शौचालयको समस्या , हरिहरपुर स्वास्थ्य चौकिमा बर्थिग सेन्टर नहुदा सुरक्षित सुत्केरी गराउन नसक्दा तीन जना सुत्केरी महिलाले ज्यान गुमाउनु परेको  ,हरिहरपुर महुवा, धनकौली लगाएतका वडामा गर्भवति महिलाले पोषण युक्त खानपान नहुदा बालबालिकाहरु कुपोषित हुने गरेको समस्या पहिचान गरिएको छ । यस्तै सुरक्षित आवास नहुदा गर्मीयाममा आगलागी हुने हुदा धेरै क्षेति हुने गरेको ले सुरक्षित आवासको समस्या , खाध्य बस्तुमा मिसावट तथा विषधी चेकजाज गर्न नसक्दा अखाध्य तथा विषधीयुक्त तरकारी फलफुल प्रयोग हुनुको साथै बजारमा अखाध्यवस्तु विक्रि वितरण हुने गरेको , कृषि कार्यलयले समयमा मल विउ उपलब्ध नगराउदा खेतिको समयमा समस्या खेप्न बाध्य रहेको लगाएतका समस्या रहेको मानवअधिकार समुहले पहिचान गरेको छ । ति समस्या समाधानका लागी स्थानीय सरकारको रुपमा रहेको नगरपालिका सगं सहकार्य गर्दै बजार अनुगमन तथा विभिन्न विषयको अनुगमन गरि समस्या समाधानका लागी भेटघाट अन्तरकृया लगाएतका कार्य गर्नका लागी ४वटा कार्ययोजना निमार्ण गरेको समुहका अध्यक्ष कृष्ण प्रसाद खनालले बताउनु भएको छ । बैठकमा इन्सेक सहजकर्ता नन्दराम पौडेलको उपस्थिती तथा मानवअधिकार समुह बाणगगाका पदाधीकारी, जिल्ला स्तरीय मानवअधिकार निगरानी समुह अध्यक्ष समेतलाई  आमन्त्रीत गरिएको थियो । बैठक कृष्ण प्रसाद खनालको अध्यक्षता र इन्सेक सहजकर्ता नन्दराम पौडेलको सहजीकरणमा सम्पन्न भएको हो । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६