समाचार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी डा खतिवडाले सम्माल्ने



 काठमाडौं ११ फागुन । अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाले सञ्चार  तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा खतिवडालाई तोकिदिएकी हुन् ।पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा। खतिवडाले बताएका छन् ।दुई वर्षको अवधि राज्य प्रणालीको परिवर्तनका लागि लामो समय नभएको उनको भनाइ छ । यसबीचमा भएका कामलाई सजिलै सम्पन्न नभएको उनले उल्लेख गरे । दोस्रो वर्षमा आइपुग्दा अन्यौल र द्विविधा धेरै हदसम्म हटेको उनको भनाइ छ । संघीयतामा गएपछि व्यवसायिक वातावरण, द्वन्द्व, प्राकिृतिक स्रोतको द्वन्द्व हुन्छ कि भन्ने अन्यौल हटेको उनको भनाइ छ ।अब पाएको अवसर गरिबी अन्त्य, समावेशी विकास गर्दै मुलुक समृद्ध बनाउनेतर्फ सरकारको ध्यान जाने उनले बताए । सूसचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने उनले प्रतिवद्धता व्यक्त गरे । सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने उनले बताए ।

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६