समाचार

कपिलवस्तुका खोला ठेक्कामा ठेकेदारको मनपरी रोक : नेपाल पत्रकार महासंघ



कपिलवस्तु १२ फागुन नदी जन्य पदार्थ उत्खननमा ठेकेदारको मनपरी हुदै गए पछी नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाले विज्ञप्ती जारी गरेको छ । केहीदिन यता कपिलवस्तुका विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियम विपरित ठेकेदार अत्याधिक दोहन भएको गुनासो सामाजिक संजालमा पोखिएका छन । विज्ञप्तीमा जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका अन्तरगत स्थानीय खोलानालामा अनियमित रुपले नदीजन्य पदार्थको निकासी भइरहदा स्थानीय सरकार, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बेखबर बनेको वताईएको छ । नदीजन्य पदार्थको अत्याधिक दोहन हुदा विपतको जोखिम वढन सक्ने हुदा सचेत रहन र प्राकृतिक स्रोत साधन र वातावरण संरक्षणमा स्थानीय सरकार गम्भिर हुन पनि ध्यानाकर्षण समेत गराएको छ । 

        स्थानीय सरकारले नदीनालामा लगाएको ठेक्काको शर्त र सम्झौता विपरित ठेकेदारहरुले तोकेको दररेट भन्दा बढि रकम संकलन गर्नु, चोरी निकासी, खोलानालामा जेसिभि मेसिनको प्रयोग, अनियन्त्रित डम्पिङ्ग र ईआईए भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । सम्झौता विपरित ठेकेदारले गरेका त्यस्ता गैरकानुनी कार्यप्रति जनप्रतिनिधी मुकदर्शक बन्नु जनताको उपहास भएको महासंघका अध्यक्ष डिलाराम भुसालले वनाउनु भयो ।        

        खोलानालामा पुगी विभिन्न वहानामा पत्रकार भन्दै ठेकेदार तथा तिनका कर्मचारीसंग रकम माग गरेको भन्ने सुन्नमा आएको घटना प्रति महासंघले गम्भिर ध्यानाकर्षण समेत गराएको छ । पत्रकारले रकम माग गरेको भए सम्वन्धित निकायलाई महासंघमा उजुरी गर्न अपिल समेत गरीएको छ । गलत कार्य गर्न जो कसैलाई पनि छुट नभएको हुदा तथ्यमा आधारित भएर रिपोटिङ्ग गर्न समेत महासंघले पत्रकारलाई अनुरोध गरेको महासंघका सचिव हरी अधिकारीले वताउनु भयो ।

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६