समाचार

बाणगंगा नगर बालमैत्री बन्दैँ



 कपिलवस्तु १२ फागुन  । विद्यार्थीमा अनुशासन सहित सकारात्मक सोचको आवश्यक पर्ने वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । बालमैत्री नगर घोषणाका लागि खेल्नुपर्ने भुमिका बारे वक्तृत्वकला बाल अधिकार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले नगरमा स्थानिय भाषा सस्कृति, रितिरिवाज, र प्राकृतिमा आधारित पाठ्यक्रम तयार गर्न थालेको बताउनु भयो । उपमेयर अर्यालले २०७७ असोज मसान्त सम्म बालमैत्रि  नगर घोषाण गर्ने जिकीर समेत गर्नु भयो ।बालबालिकामा गरेको लगानी ल्याउछ सुनौलो विहानी भने नाराका साथ भएको कार्यक्रममा वाणगगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई र स्रोत व्यतिm कविराज भण्डारीले बालमैत्री नगर घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत ३९ वटा सुचकहरु पुरा हुन आवश्यक रहेको बताउनु भयो । समृद्ध नगर बनाउन बालबालिका, अभिभावक ,शिक्षक, समाजका बुद्धिजिवि र स्थानिय निकायको उतिकै भुमिका रहने बताउनु भएको छ । 

                वाणगंगा नगरपालिका वडा नम्वर ४ को  आयोजनामा भएको कार्यक्रममा वडा नम्वर ४ का वडा सदस्य इन्द्रिरा पन्त, अस्मिता  नेपाली, चित्र वाहादुर खाणं, वडा सचिव दुर्गा देवि शर्मा, बालमैत्री परामर्शदाता कमलराज  पन्थी लागयत शिक्षकहरुले कार्यक्रममा बोल्दै बालबालिको बाच्न पाउने अधिकार , संरक्षणको अधिकार ,विकासको अधिकार  र सहभागिता  अधिकारको बारेमा प्रष्ट पार्नु भएको थियो । साथै बालबालिकाका लागि पोषण र मायाको पनि उतिकै आवश्यक रहेको बताउनु भएको थियो । ९ जना प्रतिस्प्रर्धी रहेको कार्यक्रममा निर्णय अन्तराज रेग्मी र टिकाराम भुषालले गर्नु भएको थियो । जसमा प्रथम होराईजन उच्चमाविका छात्रा सृष्टि घिमिरे, दोस्रो बालज्योती बैरियाका शिक्षा पौडेल, तेस्रो वाणगंगा  माविका दिपा चौधरी र सान्त्वना स्थान  विहानी बाल क्लबका सन्जु अघिकारी हुन सफल भएका छन् । सुविना थापाको अध्यक्षता, बालसंञ्जालका उपाध्यक्ष करण  घिमिरेको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सृष्टि भुर्तेलले गर्नु भएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६