समाचार

विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी


१२ फाल्गुन २०७६, सोमबार


नेपालगंज १२  फागुन । साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नेपालगंज उपमहानगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका प्रविधिको सुरक्षित प्रयोग तथा साईबर कानुन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा नेपालगंज वडा नं।२१ र वडा ४ र ६ का किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं।५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुनको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजरअक्लिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिय । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको जानकारी गराईन् ।नेपालगंज वडा नं।२१ का सहभागी किशोरी नानी माया जैसीले आफूले यस तालिममा साइबर अपराध भनेको के हो रु साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् ।

                  त्यसैगरि अर्का सहभागी सुस्मिता शाहीले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी पाएको सार्थ सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्ने बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाह उन्मुलन वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे