समाचार

गुल्मीको सम्पनता र समृद्धिको निकास ,पर्यटनमा आधारित ब्यापारको बिकास : चौथो गुल्मी महोत्सब हुने



गुल्मी १३ फागुन । गुल्मीमा कृषि ,पर्यटनलाई प्रबद्र्धन गर्नका लागि आगामी चैत २१ गतेदेखि चौथो गुल्मी महोत्सब आयोजना हुने भएको छ । गुल्मी जिल्लाको सम्पनता र समृद्धिको निकास ,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटनमा आधारित ब्यापारको बिकास भन्ने नाराका साथ आगामी चैत २१ गते देखि २०७७ बैशाख १ गतेसम्म चौथो गुल्मी महोत्सबको आयोजना गरिएको गुल्मी उधोग वाणिज्य संघका माहासचिब ताराप्रसाद भुसालले जानकारी दिए । महोत्सबको आयोजनाबारे सदरमुकाम तम्घासमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा गुल्मी उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले गुल्मीका किसानले उत्पादन गरेका  कृषि जन्यबस्तुहरु ,   गुल्मी जिल्लाका पर्यटकिय स्थलहरुको प्रर्दशनी , घरेलु तथा साना उधोगबाट उत्पादित बस्तुहरु ,  प्रबिधि प्रर्दशन  स्थानीय उत्पादनलाई प्राथमिकता लगायत स्थानीय स्तरमा लोप हुन लागेका कला संस्कृतिहरुको प्रर्दशन गर्ने गरी महोत्सब आयोजना गरिएको जानकारी दिए । नेपाल भ्रर्मण बर्ष २०२० लाई सफल पार्नका लागि  गुल्मी जिल्लाका स्थानीय बस्तु ,सेवा र पर्यटकीय स्थानहरुको प्रचारप्रसार ब्यापारमा प्रर्वधन एवम   उधमी ब्यबसायीहरुलाई महोत्सबले  प्रोत्साहन गर्ने उधोग बाणिज्य संघ गुल्मीले जनाएको छ । 

                महोत्सवमा कलाकारहरु मात्र ल्याएर नचाउने भन्दा पनि स्थानीय उत्पादनलाई प्राथमिकता  दिने र गुल्मी जिल्लाका पर्यटकीय स्थलहरुको बारेमा प्रचारप्रसार र  कृषिलाई नै पहिलो प्राथमिकता दिने गुल्मी उधोग बाणिज्य संघका माहासचिब ताराप्रसाद भुसालले जानकारी दिए ।  बिगतका बर्षहरुमा कलाकारहरुलाई बिषेश प्राथमिकता दिने गरेको उदाहरण दिदै यस बर्षको महोत्सव फरक तरिकाले संचालन गरिने उनको दाबी छ । करिब १ लाख दर्शकले महोत्सब अबलोकन गर्ने भन्दै सबै स्थानीय ,ब्यबसायीहरु सहभागी हुने उधोग वाािण्ज्य संघ गुल्मीले दाबी गरेको छ । बिगतमा गुल्मी चेम्बर अफ कर्मशले आयोजना गरेको महोत्सबमा गुल्मी उधोग बाणिज्य संघ  सहभागी नभएको सन्र्दभमा यस महोत्वमा सबै सहभागी हुन्छन् भन्ने आधारहरु के छन भन्ने प्रत्रकारको प्रश्नमा महोत्सव उधोगी ब्यबसायीहरु र सबै स्थानीय एवम गूल्मेलीहरुको  भएको भन्दै सबै सहभागी हुने  अध्यक्ष श्रीप्रसाद भलामीले दाबी गरे । बिगतका बर्षहरुमा गरिएका महोत्सवबाट बचत भएको रकमबाट वाणिज्यसंघले बिभिन्न सामाजिक क्षेत्रमा लगानी एबम सहयोग गर्दै आएको छ ।  

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६