समाचार

नेकपाले सबै नेता कार्यकर्तालाई ३ महिना विश्व विद्यालय किन पठायो ? संविधान संशोधन कसैलाई प्रधानमन्त्री बनाउन होइन : शर्मा



कपिलवस्तु १४ फागुन  नेकपाका केन्द्रिय सदस्य, प्रदेश ५ का सचिव एवम राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले  नेकपाका सबै नेता कार्यकर्ता ३ महिने कोर्ष पुरा गर्न विश्वविद्यालयमा जाने निर्णय पार्टी केन्द्रले गरेको वताउनु भएको छ । उहाले जनतासंग जाने ,उनीहरुकै घरदैलोमा उपलब्ध भएको खाने ,उनीहरुकै बीचमा बस्ने ,समस्या सुन्ने समाधानका उपाय सुझाउने ,सरकारले गल्ती गरेका कामको  माफि माग्ने र राम्रा कामको प्रचार गर्ने गरी जनता विश्व विद्यालयमा सबै नेता कार्यकर्ता चैत्र १ वाट जेठ मसान्त सम्म अध्ययनरत रहने उहाले स्पष्ट पार्नु भयो । प्रदेश सचिव शर्माले नेकपा कपिलवस्तुको चौथो पूर्ण बैठकलाई मंगलबार  तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

        पार्टीले संचालन गर्ने निर्णय गरेको राष्ट्रब्यापी विशेष अभियानको कार्यक्रमलाई उहाले विश्व विद्यालयका रुपमा ब्याख्या गर्नु भएको हो । नेता शर्माले अभियानबाट पार्टीमा रहेका फोहर मैलालाई हटाउदै शुद्ध, गतिशिल, रुपान्तरित पार्टी बनाउने बताउनु भयो । उहाले आम संचार माध्यम गोयबल्स शैलीमा झुटको खेती गर्न तल्लीन भएका हुन की? भन्ने प्रश्न गर्दै संविधान संशोधनका लागि नेकपाले बनाएको कार्यदलले बामदेवकालागि प्रधानमन्त्री कसरी बनाउने भनेर संविधान शंसोधन नगर्र्ने स्पष्ट पार्नु भयो । उहाले भन्नु भयो हामी कार्यकारी प्रधानमन्त्री चाहान्छौं ,महंगो निर्वाचन प्रणाली अन्त्य गर्न चाहान्छौं,ब्यक्ति होइन पार्टी नै चुनाव लड्ने पक्षमा संबैधानिक ब्यवस्था गर्न चाहान्छौं ,मधेस र जनजातीको असन्तुष्ठी संवोधन गर्न चाहान्छौ ती सबैकालागि संविधान संशोधन गर्ने भनेका हौं उहाले  प्रष्टयाउनु भयो। 

        नेता शर्माले ईतिहासको गौरब बोकेको बुद्ध नगरी कपिलवस्तु जिल्लाबाट पार्टीले सकारात्मक संस्कारको सन्देश राष्ट्र ब्यापी दिन सक्ने गरी कार्य हुनेमा  विश्वास प्रकट गर्नु भयो ।  नेकपाले संचालन गर्ने ३ महिने पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानलाई  जिल्ला भित्र कार्यान्वयनलाई मुख्य एजेण्डा बनाएको चौथो पूर्ण बैठकले अभियान केन्द्रित योजना निर्माण गर्दै जिम्मेवारी प्रदान गरेको नेकपा कपिलवस्तुले जनाएको छ । 

         वैठकले ३ महिने विशेष अभियानको सहजीकरण केन्द्रिय तहका नेताले गर्ने विषयमा छलफल गरेकोछ ।  सहजीकरणका लागि कपिलस्तु निर्वाचन क्षेत्र १ मा नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु सहइन्चार्ज बिमला घिमिरे, निर्वाचन क्षेत्र २ मा केन्द्रिय सदस्य डोरप्रसाद उपाध्याय,  निर्वाचन क्षेत्र ३ मा शिराज अहमद फारुकीले गर्नु हुने नेकपा कपिलवस्तुले जनाएको छ । त्यस्तै सोही अभियानलाई कार्यान्वयन गर्न निर्वाचन क्षेत्र  १ को संयोजकमा कृष्ण प्रसाद पौडेल, सहसंयोजकमा जनी बन्जाडे, निर्वाचन क्षेत्र २ को संयोजकमा खुमप्रसाद आचार्य, सहसंयोजकमा सत्यनारायण त्रिपाठी, निर्वाचन क्षेत्र ३को संयोजकत्वमा बालक बुढामगर र सहसंयोजक क्षेत्र बहादुर खत्री रहनु भएको नेकपाका कार्यालय सदस्य डम्मर प्रसाद शर्माले जानकारी दिनु भयो  ।

        वैठकले विशेष अभियानकोे योजना निर्माणका निम्ति फाल्गुण १६ गते निर्वाचन क्षेत्रका वैठकहरु सम्पन्न गर्ने, फाल्गुण २४ गते भित्र जिल्ला स्तरका विभाग, जनवर्गिय संगठन र पार्टीका मातहतका  वैठकहरु सम्पन्न गर्ने, फाल्गुण २५ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरेको  नेकपाले जनाएको छ । वैठकले जिल्लाका समग्र विकास योजनाका बारेमा समिक्षा गर्दै योजना कार्यान्वयनमा विशेष जोड दिएको छ । त्यस्तै जिल्ला स्तरका जनवर्गिय संगठनका बाँकी एकिकरणको कामलाई  तत्काल टुंयाउन आग्रह गरेको कार्यालय सदस्य कोपिल खनालले जानकारी दिनु भयो । 

        पूर्ण बैठकमा नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले टोल देखी केन्द्रसम्म पार्टी एक ढिक्का भएर अगाडी बढने धारणा राख्नु भयो । त्यस्तै नेकपाका प्रदेश ५ का कार्यालय सचिव बलराम अधिकारीले फरक फरक शैलीलाई एकिकृत पार्टीको लक्ष्य उद्धेश्य केन्द्रित गर्नु पर्नेमा जोड दिनु भयो । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीलाई विधी र पद्धतीबाट अगाडी बढाउने बताउदै सबै पार्टी कार्यकर्ताको नेतृत्वले उचित मूल्यांकन गर्ने स्पष्ट पार्नु भयो । 

        नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह विष्णुको संचालनमा सम्पन्न वैठक केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु सहइन्चार्ज बिमला घिमिरे, नेकपा नेताहरु भानुप्रकाश श्रेष्ठ, कमल चुदाली, कृष्ण पौडेल, जनी बन्जाडे, बालक बुढा मगर, शान्तिदेवी चमार, सकुदेव चौधरी, प्रभा पौडेल, मिर्जा असरत वेग, जंजिर प्रसाद थारु, हुकुम बहादुर कुवँर लगायतका नेताको आतिथ्यता रहेको थियो । सो बैठकले नेकपाको आचरणमा नरहने जिल्ला कमिटीका ४ जना र मातहतका २ जना गरी ६ जनालाई अनुशासनको कार्यवाही गरेकोछ । जिम्मेवारीवाट च्यूत गर्नेदेखि अनिश्चित कालकालागि निलम्वन गर्ने निर्णय गरेको छ। यस्तै कपिलवस्तु नगर कमिटीको सचिवमा सोही कमिटीका सदस्य पिताम्वर नाउलाई जिम्मेवारी प्रदान गरेको छ । 

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६