समाचार

अन्तर प्रदेशमा कानुनी छलफल,कानुन निर्माणका बाधा, समस्या र पद्धतीको समिक्षा



बुटवल १४फागुन l प्रदेश ५ को आन्तरिक मामिला तथा कानुुन मन्त्रालय र प्रदेश १ को सोही मन्त्रालय वीच कानुुन निर्माण र कार्यान्वयन सम्बन्धी अन्तर प्रदेश स्तरीय छलफल भएको छ । सोमवार प्रदेश ५ को कानुुन मन्त्रालयमा भएको छलफलमा आन्तरीक मामिला तथा कानुुन मन्त्रालय प्रदेश ५ का अधिकृत सुुमन पौडेलले प्रसाशनिक बिषयमा जानकारी गराउनुुभएको थियो भने उपसचिव हरिसिङ्ग धामीले कानुुनी बिषय र समग्र मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो ।

         प्रदेश १ का तर्फबाट आन्तरिक मामिला तथा कानुुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, उपसचिव कमलबहादुुर थापा र उपसचिव ऋषि पौडेल सहित १५ जनाको टोली प्रदेश ५ मा छलफलमा सहभागी भएको थियो ।दुुई प्रदेशबीच आपसी सम्बन्ध, सहकार्य र कानुुन निर्माणमा भएका बाधा, समस्या र बिबिध बिषयमा छलफल भएको हो । प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका सचिव सहितको टोलीले गण्डकी प्रदेशमा पनि सोही किसिमको छलफल गरेको थियो । सो अवसरमा प्रदेश ५ का उपसचिव हरिसिंह धामीले आगामी दिनमा सबै प्रदेशहरु मिलेर सम्बृद्धीको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  । 

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६